April 13, 2024
फाल्गुन २२, २०७८

काठमाण्डाै \  हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । नेप्से आज आइतवार तीन दशमलव ६६ अङ्कले घटेर दुई हजार पाँच सय ४३ दशमलव ३९ विन्दुमा झरेको छ ।

आज बैंकिङ, होटल, विकास बैंक र अन्य समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । आज दुई सय ३० वटा कम्पनीका ५१ लाख ३९ हजार कित्ता शेयर दुई अर्ब ४९ करोड ३२ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १५ करोड २२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज शिवम् सिमेन्टको शेयर मूल्य सात प्रतिशतभन्दा धेरैले घटेको छ । यस्तै रिलायन्स लाइफ इन्सोरेन्स कम्पनीको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर झन्डै आठ प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *