हेटौंडा \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ बुङ्दलमा रहेको सृजना दुग्ध उत्पादक सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा मंगलबार भएको छ ।
केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष तथा प्रदेश सहकारी वोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख अतिथ्यता तथा संस्थाका अध्यक्ष दुर्गा बहादुर गोलेको अध्यक्षतामा सभा भएको थियो ।
कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष देवकोटाले व्यवसायिक गाइपालन गरि उत्पादन बढाएर दुध विक्री गर्न आग्रह गरेका थिए । गुणस्तर दुध उत्पादन गरि उपभोक्ता सम्म लान सकियो भने दुधले उचित मुल्य पाउने बताए ।
उनले गाईवस्तुलाई खुवाउन साइलेस बनाउने मेशिन प्रयोग गरिने बताए । दुधको मुल्य जति बढाएपनि किसानलाई नपुग्ने अवस्था आइरहेकाले फ्याट र एसएनएफ राम्रो आउन शुद्ध दुध विक्री गरिनुपर्ने बताए ।
भारतबाट कच्चा दुध नेपाल आउनाले नेपालका किसानले उचित मुल्य नपाएको बताएका थिए । त्यस्तै, गाउँपालिकका अध्यक्ष विदुर हुमागाईले कम लागतमा बढी उत्पादन गर्न तर्फ किसान उन्मुख हुनुपर्ने बताए । मंहगो कच्चा पदार्थले दाना, चोकर खरिदले किसान मर्कामा रहेको बताएका थिए ।
गाउँपालिकाको कार्यक्रम पशु(गाई) प्रवद्र्धन ब्लक कार्यक्रम सफल रहेको बताउदैं गाउँपालिकाले प्रदान गरिने प्रतिलिटर दुधको अनुदान कार्यक्रम निरन्तर रहि रहने बताए ।
संस्थाको प्रगति प्रतिवेदन अध्यक्ष गोलेले प्रस्तुत गरेका थिए भने आयव्यय विवरण व्यवस्थापक ज्ञानु प्रसाद हुमागाईले प्रस्तुत गरेका थिए । एक करोड ७८ लाख ४१ हजार ७९९ रुपैयाँको कारोबार गरेको सहकारीले किसान सँग ७९ लाख ५६ हजार ८८० को दुध खरिद गरी विक्री गरिएको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीले २०६६/६७ देखी बिमा कार्यक्रम लागुदेखी हाल १२६ वटा गाईभैसी विमा गरिएको जनाइएको छ । किसानलाई गोठमा प्रयोग गर्न काउम्याट प्रदान गरिएको किसान क्रेडिट कार्डका लागि ९ जना किसानको आवश्यक कागजपत्र पेश गरिएको समेत रहेको छ ।
कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष जीतबहादुर घिमिरे, वडा सदस्य हिराबहादुर दोङ, संस्थाका पूर्व अध्यक्ष तीर्थराज लम्साल, बुङ्गदल सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रप्रसाद दुलाल, संस्थाका उपाध्यक्ष रामप्रसाद तिमल्सिना, लेखा संयोजक बालप्रसाद हुमागाई लगायतको अतिथ्यता रहेको थियो ।
तीन वटा स्थानीय तहका किसानलाई समेटेर सहकारी संस्थाले हाल तीन स्थानबाट दुध संकलन गर्दै आइरहेको छ । मकवानपुरगढीको माथिल्लो बुङ्दल, भीमफेदी १ को स्याउली बजार र हेटौंडा १ का किसानलाई लक्षित गरि सामरी पुलमा दुध संकलन गर्दै आइरहेको छ ।