March 21, 2023
खबर सहकारी

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । अघिल्लो दिन ७.७३ अंकले घटेको नेप्से सोमबार ४३.१० अंकले ओरालो लागेर २६१०.६० मा आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ठूला कम्पनीको शेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ६.६४ अंकले ओरालो लागेर ५००.२१ मा ओर्लेको छ । आज कूल २२७ कम्पनीको ७८ लाख ३४ हजार ९१५ कित्ता शेयर ३ अर्ब ६६ करोड १ लाख ८९ हजार ८६८ मा कारोबार भएको छ ।

आज कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । नेप्सेकाअनुसार बैंकिङ १५.३३, व्यापार ८२.४१, होटल तथा पर्यटन २४.९३, विकास बैंक ७३.९१, जलविद्युत् १०२.३४, वित्त ४६.१९, निर्जीवन बिमा २८६.६९, उत्पादन १२९.३४, अन्य ३५.६ लघुवित्त ६२.३५, जीवन बिमा २९५.५, सामूहिक लगानी कोष ०.०२ र लगानी १.९१ अंकले ओरालो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *