January 13, 2025
फाल्गुन १५, २०७८

काठमाडौं \ महालक्ष्मी विकास बैंककोे स्थगित २०औँ वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा शुक्रबार सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ ।

साधारणसभाले सञ्चालक समितिको प्रस्तावबमोजिम आव २०७७/०७८ को सञ्चित मुनाफा रकमबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाबाट संस्थापक समूह (क) बाट राजेश उपाध्याय, सञ्जय गिरी र दीपककुमार रौनियार र सर्वसाधारण समूह (ख) बाट श्यामसुन्दर रुंगटा, राहुल अग्रवाल र रूपेन्द्र पौडेल सञ्चालकमा चयन हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *