April 18, 2024
फाल्गुन १२, २०७८

हेटौडा \ युवा सशक्तिकरण संजाल हेटौडा १३ को आयोजनामा बुधबार देखी तीनदिने उद्घोषण तथा नेतृत्व विकाश तालिम सुरु भएको छ । हेटौंडा १३ पदमपोखरीमा रहेको महिला मिलन बचत तथा तथा ऋण सहकारी संस्थाको व्यवस्थापनमा तालिम भएको हो ।

तालिममा ३० जना प्रशिक्षार्थी सहभागी रहेका छन् । हेटौडा उपमहानगरको सहयोगमा आयोजना भएको तालिममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले सहजिकरण गरेको सहकारी संस्थाका अध्यक्ष विष्णुमाया लामाले बताइन् ।

युवाहरुको क्षमता विकाश तथा नेतृत्व विकाशमा टेवा पुग्ने उद्देश्यले तालिम आयोजना गरीएको युवा सशक्तिकरण संजालका अध्यक्ष लक्ष्मी दोङ्गले बताइन् ।

तालिममा सभा सम्मेलन तथा उद्घोषण गर्ने तरीका तथा मन्तव्य दिने ज्ञान प्रदान गरीने बताईएको छ । तालिममा १४ जना पुरुष तथा १६ जना महिलाहरुको सहभागीता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *