
हेटौंडा \ वृद्धाश्रममा रहेका वृद्ध बा आमालाई बिहानको एकछाक खाना खुवाएर नेशनल लाईफ इन्स्योरेन्स हेटौंडा शाखाले ३५ औं वार्षिकोत्सव मनाएको छ ।
हेटौंडा शाखाले हेटौंडा उपमहानगरपालिका वडा नं २,चौकिटोलमा रहेको ओम वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई मंगलबार बिहानको खाना खुवाएर वार्षिकोत्सव मनाइएको हो ।
कार्यक्रम बोल्दै शाखा प्रमुख शर्मिला बलामीले कम्पनीको वार्षिकोत्सवको अवसरमा सामाजिक कार्य गर्न पाएकोमा खुशी व्यक्त गरेकी थिइन् । साथै उनले हेटौंडा शाखाको तर्फबाट वृद्धाश्रमलाई वार्षिक पचास हजार सहयोग उपलब्ध गराउने समेत घोषणा गरेकी थिइन् ।
वृद्धाश्रम संचालक समितिका अध्यक्ष सिद्धिलाल श्रेष्ठको अध्यक्षता तथा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी प्राली हेटौंडाका शाखा प्रमुख शर्मिला बलामीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रम नेशनल लाईफ इन्स्योरेन्स हेटौंडा शाखाका अभिकर्ताहरु भरत रोक्का, इन्द्रमणी सापकोटा लगायत कम्पनीका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
Lupu R, Lippman ME can you buy priligy in the u.s.