
हेटौंडा \ हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रका सहकारी संस्थाका व्यवस्थापक तथा लेखापालहरुका लागि तालिम दिन सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिका आर्थिक विकास महासाखाको आयोजनामा तालिम दिन लागिएको हो । सरकारले तोकेको कानूनमा रहेर सहकारी सञ्चालन गर्नका लागि जानकारी गराउने उदेस्यले तालिम दिन थालिएको हो ।
दुइचरणमा गरेर हेटौंडाका अधिकांश सहकारीका व्यवस्थापक तथा लेखापालहरुका लागि तालिम दिन लागिएको उपमहानगरपालिका सहकारी साखाका प्रमुख हिम प्रसाद पौडेलले बताउनुभयो । उपमहानगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत शिबराज चौलागाईको प्रमुख आतिथ्यता तथा आर्थिक विकास महासाखाका प्रमुख गंगा कुमारी चौलागाईको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा जिल्ला बचत संघ मकवानपुरका अध्यक्ष कल्पना श्रेष्ठ, संघका कोषाध्यक्ष बिष्णु मायाँ लामा लगायतकाको आतिथ्यता रहेको थियो । तीन दिन सम्म सञ्चालन हुने पहिलो चरणको तालिममा २५ जना सहभागि छन् । यो तीन दिनको तालिम सकिए लगतै फेरी अर्को चरणको तालिम सुरु हुने छ ।