April 20, 2024
फाल्गुन ४, २०७८

हेटौंडा \ बागमती प्रदेश सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाँईले प्रदेश सरकार किसानको हितको पक्षमा रहेको भन्दै कृषि ऐन बनाउन लागेका बताएका छन् । हेटौंडाबाट सञ्चालित रेडियो थाहासञ्चार ९९.६ हेटौंडाको वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रमको चौथो दिन बुधबार आयोजित दुग्ध उत्पादन क्षेत्रको अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री हुमागाँईले किसानलाई वर्गिकरण गरि किसान लक्षित कार्यक्रमहरु गरिने बताएका हुन् ।

उनले कृषिलाई व्यवस्थित गर्दै कृषकको विकासको लागि ऐन आवश्यक रहेकाल ऐन पनर्माण गर्ने तयारीमा प्रदेश सरकार लागिपरेको बताए । उनले पहुँचको आधारमा सरकारले अनुदान नदिने भन्दै प्रदेश सरकारले वास्तविक किसानसम्म अनुदान पुर्याउने नीति तथा कार्यक्रममा समेटिएर किसानका हितमा रहने खालका कार्यक्रमहरुलाई प्राथमिकतामा राखिने बताए ।

उनले दुधको मुल्य, बजारिकण, अनुदानका विषयमा बोल्दै मन्त्री हुमागाईले केहिहद सम्ममा भएपनि दुधको मुल्य वृद्धिगर्नमा प्रदेश सरकारको भूमिका रहेको बताए । पशुबिमा, शीतभण्डारमा स्थानीय तहसँग सहकार्य गरि कार्यक्रम गर्न सकियो भने किसानलाई थप सहज हुने बताए ।

कार्यक्रममा किसानहरुले गाई वस्तुलाई खुवाउने खाद्यान्नको मुल्य आकाशिदा दुधको मुल्य थोरै मात्रै बढेको र बढेको मुल्य पनि किसानलाई भन्दा धेरै बिचौलियालाई पोस्न खोजिएको गुनासो पोखेका थिए । उनीहरुले दुधको भुक्तानी ढिका भएकोमा किसान मारमा परेको समेत गुनासो पोखेका थिए ।

No description available.

मनकामना दुग्ध उत्पादक सहकारी सस्था प्रालिका अध्यक्ष अर्जुन प्रसाद दहालको सभाध्यक्षातामा भएको कार्यक्रममा प्रदेश सहकारी विकास बोर्डको उपाध्यक्ष तथा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटा, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई, जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष बासुदेब अधिकारी, रेडियो थाहा सञ्चारको प्रवन्धक अरुणराज सुमार्गी, मकवानपुरगढी गाँउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरे, श्रमिक साना किसान कृषि सहकारी सस्थाका अध्यक्ष निर्मला लम्साल, वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ केन्द्रिय अध्यक्ष रोमलाल गिरी, रानी सामूदायिक वन समूहका अध्यक्ष बिष्णुप्रसाद न्यौपाने लगायतले आफ्नो भनाइ राखेका थिए ।

यस्तै रेडियोले कार्यक्रमको चौथो दिन भोली सडक दुर्घटना न्युनिकरण नहुनुमा जिम्मेवारी कसको भन्ने विषयमा मा.वि स्तरीय वक्तृत्वकला कार्यक्रम गर्ने रेडियोको स्टेसन म्यानेजर मणिराज गौतमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *