October 10, 2024
फाल्गुन ३, २०७८

काठमाडौं \  शेयर बजार मापक नेप्से परिसूचक मंगलबार उच्च अंकले वृद्धि भएको छ । सोमबार ०.०८ अंकले वृद्धि भएको नेप्से परिसूचक मंगलबार ५३.३० अंकले बढेर २ हजार ७५४.२८ बिन्दुमा पुगेको छ । साताको पहिलो कारोबारको दिन १०१ अंकले गिरावट आएको परिसूचक सोमबार र मंगलबार भने नेप्से सूचकमा वृद्धि भएको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १०.८३ अंक, फ्लोट इण्डेक्स ३.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंक वृद्धि भएको छ ।

मंगलबार कारोबारमा आएका २२४ कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता शेयर ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँ बराबरको शेयर खरिदबिक्रि भएको छ ।

सोमबारको भन्दा कारोबार रकममा सामान्य गिरावट आएको छ । सोमबार ३ अर्ब ६८ करोड ४० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

नेप्सेको १३ उपसमूहमध्ये सबै उपसमूहमा हरियाली छाएको छ । जसमध्ये सबैभन्दा धेरै जलविद्युत उपसमूहको परिसूचक ४.३२ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, अन्य उपसमूहको सूचक ३.३८ प्रतिशत ,फाइनान्स उपसमूहको २.८५ प्रतिशत,माइक्रोफाइनान्सको २.८२ प्रतिशत, विकास बैंक उपसमूहको २.७१ प्रतिशत, लगानी उपसमूहको २.४९ प्रतिशत र बाँकी उपसमूहको परिसूचक १ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *