हेटौंडा \ बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेश भित्रका सबै स्थानीय तहका भेडा बाख्राहरुमा पिपिआर रोग नियन्त्रण तथा रोकथामको लागि एक हप्ते पिपिआर खोप लगाउने अभियान सुरु गरेको छ ।
मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै भोली मंगलबारबाट सुरु हुने खोप अभियान फागुन २ गते सम्म चल्ने मन्त्रालयका प्रवक्ता राजन ढकालले बताउनुभयो ।
पहिलो पटक खोप अभियान गरिएकोे बताउदैं ढकालले एक हप्ता सबै स्थानीय तहहरुमा खोप केन्द्र र भ्याक्सिनेटर तयारी अवस्थामा रहेको बताउनुभयो ।
पहिलो चरणमा १ करोड १९ लाख बजेटको ११ लाख ९० हजार खोप मात्रा आएको पशु तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख डा. रामप्रकाश प्रधानले बताउनुभयो । उहाँले प्रदेशमा भेडाको संख्या ९३ हजार ६३९ र बाख्राको संख्या २३ लाख ५१ हजार २१७ रहेको बताउनुभयो ।
हामी सँग खोपको मात्रा कम छ तर पहिलो चरणमा नपुगेको खोपको मात्रा दोस्रो चरणमा माग गरि ल्याउने बताउनुभयो ।