काठमाडौं \ शेयर बजार आइतबार दोहोरो अंकले घटेको । आइतबार नेप्से ४१.५५ अंकले घटेर २ हजार ८ सय ३५.१९ विन्दुमा रोकिएको हो त्यस्तै, आइतबार नेप्से सूचकांक र कारोबार दुबै घटेका छन् । नेप्सेका अनुसार आइतबार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा नेपाल हाइड्रो कम्पनी रहेको छ । कम्पनीको शेयरमूल्यमा ८ प्रतिशत भन्दा बढिले बढेको छ ।त्यस्तै, विन नेपाल लघुवित्त वित्तीय संस्थाको र बुद्धभूमि जलविद्युत र नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।
यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आइतबार ५४ करोड ४८ लाख भन्दा बढीको कारोबार भएको छ ।
शेयर बजारमा आइतबार ५ अर्ब ८३ करोड ६४ लाख बराबरको कारोबार भएको छ ।