January 13, 2025
माघ २०, २०७८

काठमाडौं \  साताको अन्तिम कारोबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक १४ दशमलव ५८ अंकले घटेर २ हजार ८ सय ७६ दशमलव ७५ अंकमा झरेको हो । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुो कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत ३.२६ अंकले घटेको छ ।

बिहीबार कारोबारको अधिकांश समय हरियो देखिएकोमा अन्तिममा दोहोरो अंकले घटेर कारोबार बन्द भएको हो । नेप्से परिसूचक घटेपनि कारोबार रकम भने उचालिएको छ । एकैदिन बिहीबार साढे ८ अर्ब माथिको शेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *