January 22, 2025
माघ १८, २०७८

नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)ले बैंकका व्याज अधिकतम पाँच प्रतिशत कायम गर भन्दै ज्ञापन पत्र बुझाएको छ ।

पार्टीका केन्द्रीय संयोजक राजु कार्की सहित पदाधिकारीहरुको समूहले मंगलबार अर्थ मन्त्रालय, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल बैंकर्स संघ र सहकारी विभागमा ज्ञापनपत्र बुझाइएको संयोजक कार्कीले बताए ।

उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गर्दै बैंक, वित्तिय संस्था र सहकारीहरुले अधिकतम ५ प्रतिशत व्याजदर कायम गराउन दवाव स्वरुप सम्बन्धित स्थानमा ज्ञापनपत्र बुझाइएको उनले बताए ।

देशमा समृद्धि र आम नागरिकको मुहारमा खुसी देख्न उक्त व्याजदर लागु गराउन सहयोग गरिदिनु हुन सबैमा आग्रह गरिएको छ ।

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *