April 20, 2024
माघ १७, २०७८

हेटौंडा \ सरकारले दुधको मूल्य तत्काल वृद्धि नगरेकोमा आपत्ति जनाउँदै केन्द्रिय दुग्ध सहकारी संघले विभिन्न चरणबद्ध आन्दोलन गर्दै आइरहेको अवस्थामा केन्द्रीय संघले जारी गरेको प्रेस विज्ञप्ती प्रति मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको ऐक्यवद्धता जनाएको छ ।

जारी ऐक्यवद्धता पत्रमा करिब ३ वर्षदेखि कच्चा दुधको मूल्य वृद्धि नभएको तर पशुहरुलाई खुवाउने पराल, दाना, चोकर लगायत औषधिको मूल्य समेत अत्याधिक वृद्धि हुनु,कोभिडको प्रभावबाट पशुपालन पेशा जर्जर अवस्थामा पुग्नु, पशुवस्तु अनुत्पादक रहनु, मिल्क होलिडे हुनु, कृषकहरुले उद्योगबाट समयमा भुक्तानी नपाउनु जस्ता कारणहरुले दुध उत्पादक कृषकहरुमा पशुपालन गर्न नै नैराश्यता उत्पन्न भएको उल्लेख रहेको छ ।

जसकारण दुधमा आत्मनिर्भर हुने लक्ष्य पूरा नहुने लक्षण देखा पर्न थालेका छन् । फलस्वरूप विदेशबाट करोडौंको कच्चा दूध तथा दुधजन्य पदार्थ आयात गर्नुपर्ने अवस्था सिर्जना हुने देखिन्छ । नेपालका डाँडापाखा, खेतबारी बाँझो बस्ने अनि विदेशबाट दूध खरिद गर्दा वार्षिक ठूलो धनराशी बाहिर जाने हुँदा देशको आर्थिक अवस्था थप जटिलता तर्फ धकेलिने निश्चित जस्तै छ रहेको पत्रमा उल्लेख रहेको छ ।

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *