साताको पहिलो दिन न्यून अंकले घटेको नेप्सेमा  मंगलबार पनि गिरावट आएको छ।  मंगलबार नेप्से परिसूचक २१.१५ अंकले घटेर २६६३ विन्दुमा बन्द भएको हो।

दिनभरको कारोबारमा बजार परिसूचक घट्यो भने रकममा पनि कमी आएको छ। मंगलबार चार अर्ब सात करोड रुपैयाँको कारोबार भएको छ।

बजारमा बिक्री चाप हाबी हुँदा २१४ कम्पनीको सेयर मूल्य घट्यो भने ५८ कम्पनीले मात्र वृद्धि कायम गर्न सके। पाँच कम्पनीको मूल्य भने स्थिर रह्यो। सबै उपसमूह रातो बनेका छन्।