हेटाैडा \ हेटाैडा-६  चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफना शेयर सदस्यहरुलाई कृषि उपकरण  वितरण  गरेकाे छ ।
हेटाैडा उपमहानगरपालिकाकाे ५० प्रतिशत अनुदानमा  कृषि उपकरण  वितरण  गरिएको  हाे ।

सहकारी संस्थाले संस्थामा आवद्व शेयर सदस्यहरुकाे कृषि  उत्पादनमा सहयाेग  गर्ने उद्वेश्यले कृषि उपकरण  वितरण  गरेकाे संस्था अध्यक्ष  उदय बिडारीले बताए ।संस्थाले  ३८ जना सदस्यलाई विषादी छर्ने चार्जवेल स्पे, ८ जनालाई मकै छाेडाउने मेशिन,३ जनलाई पानी तान्ने इलेक्ट्रीक मेशिन, ३ जनलाई स्प्रे बाेतल वितरण  गरिएकाे थियाे ।

संस्था अध्यक्ष  उदय विडारीकाे सभाध्यक्षतामा भएकाे  वितरण  कार्यक्रममा  संस्था सञ्चालक समिति, लेखा समिति, शेयर सदस्य,कर्मचारी  लगायतकाे सहभागीता थियाे ।