कैलाश \ मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ मा रहेको रक्षादेवी महिला बचत तथा ऋण सहकारी संस्था लि.को समन्वयमा नेपाल इज संस्थाको सहयोगमा विद्यार्थीहरुको लागि न्यानो पोशाक वितरण गरिएको छ । वडा ९ घैराङमा अवस्थित जीवनज्योति प्राथमिक विद्यालयमा बाल विकास देखी कक्षा ५ सम्म अध्ययनरत ४१ जना बालबलिकाहरुलाई न्यानो पोशाक वितरण गरिएको हो ।

सहकारी संस्थाका उपाध्यक्ष गीता पराजुलीको अध्यक्षता तथा वडा ९ का वडाध्यक्ष भूवनसिंह घलानको प्रमुख आतिथ्यतामा पोशाक वितरण गरिएको थियो । चिसो मौसम नजिकिँदै रहेकाले पठनपाठनमा सहज पुग्ने हेतुले सहयोगी संस्थासँग समन्वय गरी सहकारी मार्फत हाइनिक, डाउन, ज्योकेट, पञ्जा र मोजा वितरण गरिएको संस्थाका व्यवस्थापक जमुना घिमिरेले बताईन् ।

May be an image of one or more people and text

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यद्धय प्रनिशा थोकर र सुनिता रुम्बा, विद्यालयका प्रअ सीता मगर, सहकारी संस्थाका पदाधिकारी, अभिभावक लगायतको उपस्थिती रहेको थियो ।

कैलाश ९ र १०, भीमफेदी ९ (साविक नामटार गाविस) कार्यक्षेत्र रहेको सहकारीमा एक हजार ५० जना सदस्य आवद्ध रहेका छन् । संस्थाले कार्तिक मसान्तसम्ममा २ करोड ६८ लाख ६५ हजार ४२८ रुपैयाँ कर्जा लगानी गरेको छ भने बचत निक्षेपमा तीन करोड १२ लाख ४४ हजार २५५ रुपैयाँ रहेको व्यवस्थापक घिमिरेले बताईन् । उनका अनुसार ४६ लाख ७ हजार ९ सय शेयरपुजीँ र ७ लाख ९९ हजार ८८१ रुपैयाँ जगेडा कोषमा रहेको बताईन् ।

सहकारीले कार्यक्षेत्र भित्र रहेका अन्य दुई विद्यालयमा पनि पोशाक वितरण कार्यतालिका रहेको उनले बताईन् ।