मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा रहेको महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाको २७ औं वार्षिक साधारण सभा भएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन अनुरुप संस्थाका अध्यक्ष पार्वती फुँयालको सभाध्यक्षतामा सभा भएको थियो ।
एक हजार ३५४ जना सदस्य रहेको सहकारीमा १३ करोड २२ लाख ७८ हजार ५१९ रुपैयाँ बराबरको कुल कारोबार रहेको संस्थाका व्यवस्थापक मेनुका कुमारी न्यौपानले बताईन् । आव २०८१/०८२ को असार मसान्त सम्ममा संस्थाले आफ्नो सदस्यलाई ८ करोड ३५ लाख ३ हजार ४०१ रुपैयाँ कर्जा लगानी रहेको उनले भनिन् । एक करोड ३२ लाख ७९ हजार एक सय पुजीँ रहेको सहकारीमा ९ करोड ९८ लाख ९९ हजार ६५६ बचत निक्षेप रहेको व्यवस्थापक न्यौपानले बताइन् । उनका अनुसार संस्थाले एक करोड ४० लाख ९६ हजार ६४१ आम्दानी गरेकोमा एक करोड २६ लाख ६५ हजार ७१९ खर्च रहेको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीले सभाको अवसरमा जेष्ठ सदस्यतर्फ प्रेमकुमारी चौलागाई, चन्द्रमाया घलान, मानकुमारी थिङ, सेतिमाया स्याङ्तानलाई सम्मान गरेको थियो भने उत्कृष्ट ऋणीतर्फ योगमाई फुँयाल, भगवती न्यौपाने, मीना श्रेष्ठ, गोमाकुमारी फुँयाल(ख) र शारदा चौलागाईलाई सम्मान गरिएको थियो । त्यस्तै, उत्कृष्ट बचततर्फ झकुमारी चौलागाई, बाल बचततर्फ रश्मी अधिकारी, विद्यार्थी छात्रवृतितर्फ शिखा दुलाललाई पुरस्कृत गरिएको थियो ।
संस्थाका संस्थापक अध्यक्ष सुन्तली पुडासैनीले आफ्नो भनाई राखेको सभामा अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरिनुका साथै सभाबाट पारित समेत गरिएको छ ।

