हेटौंडा \ हेटौंडा ११ नवलपुरमा अवस्थित बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसमा जेष्ठ सदस्य सम्मान गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच संस्थाको १७ औं स्थापना दिवसको अवसरमा ७० वर्ष उमेर माथीको जेष्ठ शेयर सदस्यलाई सम्मान गरेको हो । संस्थाका अध्यक्ष आशाकुमारी अधिकारीको अध्यक्षता तथा हेटौंडा ११ का वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा २५ जना जेष्ठ सदस्यलाई नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष विष्णमाया लामा, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याल, नवयुवा साकोसका अध्यक्ष फूलमान श्रेष्ठ, संस्थाका लेखा समिति संयोजक सीता सापकोटालगायतको आतिथ्यता रहेको थियो ।

२०६५ भदौ ११ गते दर्ता भएको संस्थाले स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाउँदै आइरहेको छ । ४ हजार ६ सय भन्दा बढी सदस्य रहेको सहकारीमा श्रावण मसान्त सम्ममा कूल सम्पति ३५ करोड ८३ लाख १० हजार ३ सय १४ रुपैयाँ रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत शर्मिला श्रेष्ठले बताईन् । उनका अनुसार ३ करोड ७० लाख २८ हजार ९ सय शेयरपुजीँ, २२ करोड ९ लाख ७ हजार, जगेडा कोषमा एक करोड ५९ लाख ८७ हजार रुपैयाँ रहेको बताईन् ।

