हेटाैडा \ हेटाैडा ६ चाैघडामा रहेकाे नाैलाे विहनी कृषि सहकारी  संस्थाले टनेल र अदुवाको बीउ वितरण गरेको छ। सहकारीले आफ्ना शेयर सदस्य तथा अन्य कृषकहरुलाई टनेल तथा अदुवाकाे बीउ वितरण  गरेकाे हो  । हेटाैडा उपमहानगरपालिकाकाे आर्थिक तथा प्राविधिक सहयाेगमा संस्थाले टनेल तथा अदुवाकाे बीउ वितरण  गरेकाे हाे ।

शनिवार हेटाैडा उपमहानगरपालिका  मेयर मिना लामाले कृषकहरुलाई अदुवाकाे बीउ वितरण गरेकी थिइन्। उपमहानगरपालिकाले नगरवासीहरुकाे आर्थिक विकासमा काम गरेकाे वताउदै नगर प्रमुख लामाले आगामी वर्षकाे वजेटमा समेत आर्थिक  उपार्जनमा  वजेटकाे ब्यवस्था गरिने बताईन ।
सहकारी  संस्थाका अध्यक्ष  विष्णुप्रसाद  ढुङ्गानाकाे सभाध्यक्षतामा कार्यक्रम  भएकाे थियाे ।

कार्यक्रममा  हेटाैडा ६ का वडा सदस्य लेखराज ढकाल, बागमती प्रदेश कृषि मन्त्रालयका धिरज ढकाल, हेटाैडा उपमहानगरपालिकाका कृषि  विकास महाशाखाका प्राविधिक  गणेश खड्का, कृषि प्राविधिक चन्दा पाेखरेल,  चाैघडा सहकारीका उपाध्यक्ष  त्रिविक्रम मानन्धर, रानी सामुदायिक  वनका काेषाध्यक्ष गाेमा लामिछाने , बंशगाेपाल बहुमुखी क्याम्पसका सञ्चालक सदस्य विश्वराज राई , उपाध्यक्ष  जयराम राई, सचिव नेत्रप्रसाद  ढुङ्गेल, शेयर सदस्य, सञ्चारकर्मी  लगायतकाे सहभागीता थियाे ।

संस्थाले ५ जना शेयर सदस्यलाई टनेल तथा करिव २ सय जना भन्दा  बढी  सदस्यहरुलाई ५० क्वीन्टल अदुवाकाेलविउ वितरण  गरिएकाे ब्यवस्थापक सरिता खतिवडाले बताईन ।