ईन्द्रसरोवर \ मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ मा अवस्थित श्रीमितेरी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सदस्य स्वरोजगार कार्यक्रम अन्तरगत तीन महिने कम्प्युटर तालिम सञ्चालन गरेको छ । आइतबारबाट सुरु भएको तालिम संस्थाका अध्यक्ष धनराज महर्जनको अध्यक्षता तथा गाउँपालिकाका निवर्तमान अध्यक्ष जीवन लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
संस्थाको वार्षिक कार्य योजना अनुरुप सदस्यहरुलाई सीपमूलक तालिम अनुरुप कम्प्युटर तालिमको आयोजना गरिएको संस्थाले जनाएको छ । तालिममा २५ जनाको सहभागि रहेको संस्थाका व्यवस्थापक सरोज थापामगरले बताए ।
कार्यक्रममा वडा ५ का वडाध्यक्ष दुतराज तितुङ, कार्यपालिका सदस्य रामकृष्ण कामी, शोभा कामी, वडा सदस्य महेश बलामी, सविना कार्की, ज्ञानभक्त बलामी, संस्थाका लेखा समिति संयोजक मधुकर कार्की, निवर्तमान अध्यक्ष शान्तलाल लामा लगायतको आतिथ्यता रहेको थियो ।

