मकवानपुर जिल्ला सहकारी संघको १८ औं वार्षिक साधारण सभा शुक्रबार भएको छ ।
हेटौंडामा बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शरणकुमार पाण्डेको प्रमुख अतिथ्यतामा सभा भएको थियो ।
सभामा राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक बद्रीप्रसाद लम्साल, प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष टिकाबल्लभ सापकोटा, सहकारी विभाग बागमती प्रदेशका निमित्त रजिष्ट्रार प्रकाश चापागाई, जिल्ला बचत संघका अध्यक्ष कल्पना श्रेष्ठ, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, जिल्ला दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष धर्मराज लामिछाने, कृषि सहकारी संघका प्रतिनिधि रेखा खतिवडा, नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाका राजु गौतम, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल लगायतको आतिथ्यता रहेको थियो ।
साधारण सभा संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको सभाध्यक्षतामा भएको थियो ।

