हेटाैडा \ हेटाैडा- ६ चाैघडामा रहेकाे जनकल्याण  बचत तथा ऋण  सहकारी  संस्थाद्वारा आयाेजित विस्तारित  बैठक शनिवार  सम्पन्न भएकाे छ । संस्थाकाे चालू आव०८१\ ८२ काे स्वीकृत वार्षिक  कार्यक्रम  अनुसार हेटाैडा ८  कमनेमा रहेकाे शुभम पार्टी  प्यालेसमा विस्तारित बैठक सञ्चालन गरिएको   हाे  ।

बैठकमा संस्थाका व्यवस्थापक दीपेन्द्र  गाैतमले संस्थाकाे आर्थिक  गतिविधि  लगायतका विषयहरुमा जानकारी  गराएका थिए । बिस्तारित बैठक संस्थापक  अध्यक्ष  बासुदेव अधिकारीकाे प्रमुख आतिथ्यता एवम संस्था अध्यक्ष  हिमाल पाैडेलकाे सभाध्यक्षतामा  भएको  थियाे ।

बैठकमा संस्था उपाध्यक्ष  श्यामप्रसाद  भट्टराई , सल्लाहकार बद्री बहादुर पाठक, प्रल्हाद शर्मा, आचार्य लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए  । बैठकमा सञ्चालक समिति, सल्लाहकार , शेयर सदस्य, कर्मचारी, सञ्चारकर्मी, महिला उपसमिति लगायतकाे सहभागिता रहेकाे थियाे ।

संस्थामा १ हजार ४२५ महिला शेयर सदस्य, १ हजार १३० पुरुष  सदस्य र ८ वटा संस्थागत शेयर सदस्य रहेका छन । संस्थाकाे ०८१ चैत मसान्तसम्म  शेयर रकम २ कराेड ६९ लाख , निक्षेप  २६ कराेड  ६२ लाख, ऋण  लगानी २० कराेड ८० लाख  गरि कुल पूजी  ३३ कराेड २४ रहेकाे संस्थाले जनाएको  छ ।