हेटाैडा \  हेटाैडा – ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २७ औ वार्षिकोत्सव बुधबार  मनाएको   छ । हेटाैडा उपमहानगरपालिका  उप मेयर राजेश बानियाँकाे प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष उदय बिडारीकाे सभाध्यक्षतामा वार्षिकोत्सव कार्यक्रम  भएकाे हाे ।

कार्यक्रममा  एकल महिला सदस्य कमला कुमारी  आचार्य , ज्येष्ठ  सदस्य गाैरीशंकर चाैलागाई, उत्कृष्ट  विधार्थी  विनिशा गाैतम र सुनिला बयलकाेटीलाई नगद सहित पुरस्कृत  गरिएको  थियाे ।

कार्यक्रममा हेटाैडा -६ का वडा अध्यक्ष  विष्णुबहादुर  दाहाल,१७ का वडा अध्यक्ष  उद्वव सत्याल, हेटाैडा-६ का वडा सदस्य विजय पाैडेल, लेखराज ढकाल, संस्थापक अध्यक्ष  बासुदेव सापकाेटा, जनकल्याण  सहकारीका अध्यक्ष  हिमाल पाैडेल, नाैलाे बिहानी कृषि सहकारीका अध्यक्ष  विष्णुप्रसाद  ढुङ्गाना,नारीचेतना सहकारीकि अध्यक्ष  राधिका गाैतम,  चुच्चेलाेला सामुदायिक  वनका अध्यक्ष  लक्ष्मण कटुवाल, रानी सामुदायिक  वनका अध्यक्ष  केशव धिताल, दिब्यज्याेति टाेल विकास संस्था अध्यक्ष  दिपक सिग्देल , चुच्चेखाेला टाेल विकास संस्था अध्यक्ष  अमित कडेल लगायतकाे आतिथ्यता रहेकाे थियो ।

हेटाैडा – ६ र १७ वडा कार्यक्षेत्र  रहेकाे सहकारीमा ६ सय ६० जना शेयर सदस्यहरु आवद्व रहेका छन ।