हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेमा अवस्थित जनचेतना बचत तथा ऋण सहकारी संस्थाको शनिबार २४ औँ वार्षिक साधारण सभा भएको छ । संस्थाका अध्यक्ष जानुका दुवाडीको सभाध्यक्षता तथा वडा नम्बर १५ का वडाध्यक्ष सुनील मुक्तानको प्रमुख आतिथ्यतामा सभा भएको हो ।

सहकारीले सभाको अवसरमा विभिन्न विधामा सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । सहकारीले नियमित बचतकर्तातर्फ केशार सिं रुम्बा, हरिकला थिङ र विष्णुमाया वाईवा, ऐच्छिक बचततर्फ संगीता देवान, विष्णुमाया भोम्जन, शान्तिकुमारी सिंतान, सुनमाया भ्लोन र रञ्जु स्याङ्तानलाई सम्मान गरिएको थियो । त्यस्तै, समूहतर्फ प्रगति महिला समूह, उन्नतिशील महिला समूह, हिमचुली महिला समूह, आदर्श महिला समूह र नमुना समूहलाई सम्मान गरिएको थियो ।

सभामा असल ऋणीतर्फ सरिता सुनार, मञ्जुदेवी क्षेत्री, सन्तोषि घलान, हरिमाया थिङ र सञ्जमाया मुक्तान, अपाङ्गतातर्फ सोम बहादुर थिङ, सदस्यसँग सदस्यकार्यक्रम गर्ने रीता लामा, कर्मचारीतर्फ सम्पर्क कार्यालय सहायक उर्मिला थपलियालाई सम्मान गरिएको थियो । यसैगरी जेष्ट सदस्यतर्फ उइसङ्गमाया सिंतान, शुभद्रा अधिकारी, काईलीमाया गोङ्वा, तावा डोल्माकुमारी घलान र ठुलीमाया थिङलाई सम्मान गरिएको थियो । सहकारीले खुत्रुके बचततर्फ सजल तामाङ र मानुश्री रानामगरलाई सम्मान गरेको थियो ।

No description available.

सहकारीले आफ्नो सदस्यलाई ३१ करोड ५६ लाख ४१ हजार ३११ रुपैयाँ कर्जा लगानी गरेको छ । सभामा प्रस्तुत गरिएको वित्तीय स्थितीको विवरण प्रतिवेदन अनुसार सहकारीले ३१ करोड ८४ लाख ७ हजार ४८० रुपैयाँ बचत निक्षेप रहनुका साथै शेयरपुजीँ भने तीन करोड ९३ लाख २६ हजार नौ सय रहेको छ । संस्थाको जगेडा कोषमा भने २ करोड ४२ लाख ४४ हजार ४११ रुपैयाँ रहेको छ ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव वीरेन्द्रप्रसाद ढुङ्गाना, नेफ्स्कुन फिल्ड उपसमिति सदस्य राजेन्द्रप्रसाद पौडेल, महिला जनशक्ति साकोसका अध्यक्ष जुना दंगाल, महिला मिलन साकोसका अध्यक्ष मीना थापा, मञ्जुश्री साकोसका अध्यक्ष चन्द्रादेवी तामाङ, भुटनदेवी महिला साकोसका अध्यक्ष चमेलीमाया सिंजाली मगर, जनजागृति माविका अध्यक्ष सिंह बहादुर लो, जनज्योति माविका प्रअ भोगेन्द्रप्रसाद लुईटेल, संस्थाका संस्थापक अध्यक्ष लीलामाया थिङ, पूर्व अध्यक्ष मञ्जुकुमारी थिङ, निवर्तमान अध्यक्ष कुमारी श्रेष्ठ, निर्वतमान कोषाध्यक्ष विनिता बज्यूलगायतको आतिथ्यता रहेको थियो । ९ औँ निर्वाचन कार्यक्रम समेत रहेकाले सभाले नयाँ कार्यसमिति समेत चयन गर्दै छ ।