हेटौँडा \ हेटौँडा ११ नवलपुरमा अवस्थित बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाले सोमबार १६ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर आयोजना गरेको चार दिने अचार बनाउने तालिम समापन गर्नुका साथै सुनौलो भविष्य बचतकर्तालाई पुरस्कृत गर्दै दिवस मनाएको हो ।

संस्थाका अध्यक्ष आशा कुमारी अधिकारीको सभाध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मीना कुमारी चौरेलको प्रमुख आतिथ्यतामा कार्यक्रममा भएको थियो । कार्यक्रममा सुनौलो भविष्य बचततर्फ उत्कृष्ठ बचतकर्तालाई पुरस्कृत गरिएको थियो । आफ्ना बालबालिकाको भविष्य सुनौलो बनाउन अभिभावकहरु उक्त बचत कार्यक्रममा सहभागिा गराइएको संस्थाले जनाएको छ । पुरस्कृत हुने अभिभावकहरुमा राधिका ज्ञवाली अधिकारी, बिमला खड्का, आशाकुमारी अधिकारी, चण्डिकाकुमारी न्यौपाने, लिलामाया कार्की, गंगा मिश्र श्रेष्ठ, सिर्जना लुुईटेल अर्याल, दुर्गा कर्पौला, सरला मिश्र, पार्वती न्यौपाने, सीमा घलान, अन्जना अधिकारी विडारी, अञ्जिला श्रेष्ठ, अन्जना रिमाल, विपना पौडेल, भारती गुरुङ रहेका छन् । त्यस्तै, रिता कुमारी मोक्तान, आरती गुरुङ, सिसम केसी, शान्ति सुवेदी, पेमीसारा सिञ्जाली रहेका छन् ।

कार्यक्रमकै अवसरमा चार दिने व्यवसायिक अचार बनाउने तालिमका सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । सुनिता मानन्धरले प्रदान गरेको तालिममा २५ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा कुखुराको मासुको, मेथीको, लोकल लसुनको, च्याउलगायतको अचार बनाउने तालिम प्रदान गरिएको सहकारीले जनाएको छ ।

No description available.

कार्यक्रममा वडा ११ का वडाअध्यक्ष जुना दहाल, नेपालको सफल महिला उद्यमी लक्ष्मी शर्मा, नेफ्स्कुन फिल्ड कार्यालयका सदस्य राजेन्द्रप्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंकका बागमती प्रदेश कार्यालय प्रमुख रामेश्वर अर्याल, जिल्ला सहकारी संघका व्यवस्थापक गोविन्द दहाल, नवयुवा साकोसका अध्यक्ष फुलमान श्रेष्ठ, संस्थाका सल्लाहकार सीताराम बर्तौला लगायतको आतिथ्यता रहेको थियो ।

No description available.

सहकारीले श्रावण मसान्तसम्ममा आफ्ना शेयर सदस्यलाई २२ करोड २१ लाख २८ हजार ५८९ रुपैयाँ कर्जा लगानी गरेको छ भने २४ करोड ७६ लाख ९६ हजार ५९२ रुपैयाँ बचत निक्षेप रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत शर्मिला श्रेष्ठले बताइन् । उनका अनुसार संस्थाका एक करोड ५७ लाख २१ हजार ६९३ रुपैयाँ जगेडा कोष रकम र तीन करोड ४४ लाख ५९ हजार सात सय रुपैयाँ शेयरपुँजी रहेको छ । ४ हजार ५सय ८ सदस्य रहेको सहकारीको कुल सम्पति ३२ करोड १६ लाख ०२ हजार ४१३ रुपैयाँ रहेको छ ।