हेटाैडा \ नेपाली काङ्ग्रेस  बागमती  प्रदेशका सभापति एवम सभासद ईन्द्रबहादुर बानियाँले हेटाैडा ६- हात्तीलेटमा रहेकाे नारायणी  दुग्ध  उत्पादक सहकारी संस्थाद्वारा सञ्चालित दुग्ध विक्री केन्द्रकाे शनिवार उदघाटन गरेका छन । कार्यक्रमलाई सम्वाेधन  गर्दै नेता बानियाँले  दुग्ध  उत्पादक किसानहरुकाे दूधकाे भुक्तानी  समयमै पाउने वातावरण  मिलाउन आफूले सहयाेग गर्ने बताए । संस्थाकाे विकासकाे लागि आफूले  सांसद विकास  कोष,प्रदेश सरकार र नगरपालिकाले डेरी उधोगका लागी खुलेर रकम सहयोग गर्ने वातावरण  बनाउन आफूले भूमिका खेल्ने बताए ।

सस्थाका अध्यक्ष शिवप्रसाद सन्जेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा  माननीय कन्चनचन्द वादे, हेटाैडा ६ का वडा  अध्यक्ष विष्णुबहादुर दाहाल, वडा सदस्य सरिता सापकोटा, विजय पौडेल, लेखराज ढकाल,जिल्ला दुग्ध संघका सदस्य इन्द्रप्रसाद खतिवडा संस्थाका सल्लाहकार श्रीराम  खतिवडा , गरिबी निवारण साकोसका अध्यक्ष कृष्णप्रसाद सापकोटा, वंश गोपाल दुग्ध सहकारी सस्थाका उपाध्यक्ष केसव धिताल, टाेल विकास संस्था नगर समन्वय समिति उपाध्यक्ष विष्णुप्रसाद  ढुङ्गाना, सस्थाका कार्य समिति पदाधिकारी लेखा समिति,सल्लाहकार ,कर्मचारी, प्राविधिक लगायतकाे सहभागिता रहेको थियो ।

संस्थाले मनकामना दुग्ध  उत्पादक सहकारी  संस्थाद्वारा उत्पादित पनिर, घिउ,नाैनी, दहि, माेेहि लगायतका दुग्धजन्य पदार्थ खरिद गरि सदस्यहरुलाई  सुपथ मूल्यमा विक्री गरिने संस्था सचिव कृष्णप्रसाद  दुलालले बताए ।