हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ भोर्लेमा अवस्थित महिला जनशक्ती बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार आफ्नो २४ औंँ स्थापना दिवस मनाएको छ । सोही अवसरमा सहकारी संस्थाले हेटौंडा ९ मा रहेको मानवसेवा आश्रमलाई एक दिवसीय भोजन व्यवस्थापन गरेको छ ।
संस्थाका अध्यक्ष जुना दंगालको अध्यक्षता तथा वडा नम्बर १५ का वडाध्यक्ष सुनील मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको थियो । सहकारीले आश्रममा आश्रित २२० जनालाई विहानको खाना खुवाएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य पातली माया गोङ्बा, जिल्ला सहकारी संघका उपाध्यक्ष एंव संस्थाका लेखा समिति संयोजक मेनुका दाहाल, वडा सदस्य एंव संस्थाका कोषाध्यक्ष मिनु विश्वकर्मा,आश्रमका कार्यक्रम संयोजक होमनाथ पौडेल, निवर्तमान उपाध्यक्ष मीना अधिकारी लगायत संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

त्यस्तै, सहकारीले स्थापना दिवसकै अवसरमा शुक्रबार स्तन क्यान्सर सम्बन्धी अनुशिक्षण कार्यक्रम गरेको छ । सहकारी संस्थाकै सभाहलमा उक्त कार्यक्रम सञ्चालन भएको थियो । सोही कार्यक्रम पनि वडाध्यक्ष सुनील मोक्तानकै प्रमुख आतिथ्यतामा भएको थियो ।
स्वास्थ्यकर्मी प्रतिमा शाक्यले स्तन क्यान्सर सम्बन्धी जानकारी दिएकी थिईन् । उक्त कार्यक्रममा ३५ जना महिला शेयर सदस्यहरुको सहभागिता रहेको संस्थाका व्यवस्थापक माया तामाङले बताईन् । दिसवकै अवसरमा सहकारीले केही दिन अघि पशुपालन सम्बन्धी तालिम समेत आयोजना गरेको थियो ।

