ईन्द्रसरोवर \ मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेलमा अवस्थित सक्रिय महिला बचत तथा ऋण सहकारी संस्थाले पाँच दिने स्वास्थ्य शिक्षा तथा अकुपञ्चर सेवा शिविर गरेको छ । संस्थाको आयोजनामा भएको कार्यक्रम पुस १५ गते सुरु भएको शिविर १९ गते विहीबार सम्म सञ्चालन गरिएको थियो ।

सहकारी संस्थाले सगुन सामाजिक अनुसन्धान तथा विकास केन्द्र ललितपुरको सहकार्यमा शिविर आयोजना गरेको संस्थाका अध्यक्ष श्रमिक लामाले बताईन् । सहकारीको कार्यालय परिसरमा गरिएको शिविरमा पाटीसिपेड नामक संस्थाको प्राविधिक सहयोग रहेको थियो । प्राकृतिक चिकित्सा पद्धति अपनाऔं, स्वस्थ बनौँ, रोगको रोकथामका लागि सहकार्य गरौं भनेर शेयर सदस्य र स्थानीयबासी लक्षित कार्यक्रम आयोजना गरिएको अध्यक्ष लामाले बताईन् ।

May be an image of 4 people, people studying, tree and text

अकुपञ्चर विधिबाट उपचार तथा विभिन्न प्राण घातक रोगका कारण, त्यसको निराकरणको लागि भान्सा सुधार शिक्षा समेत शिविरमा जानकारी गराइएको अध्यक्ष लामाले बताईन् । शिविरमा डा. दीपक वाग्ले,डा. कमल फुयाँल, महन्त बाबु महर्जन, पुण्यश्वरी सुवाल स्वास्थ्यकर्मी सीता बख्रेलको टोलीले पाँच दिन सेवा प्रवाह गरेका थिए ।

पाँच दिनमा एक सय ७१ जनाले थेरापी(उपचार) लिएका थिए भने शिविरमा अकुपञ्चर सेवा तीन सय ७९ जनाले लिएको संस्थाका व्यवस्थापक सविना लामाले बताइन् ।