हेटौडा \ हेटौडा–६, चौघडामा रहेको सुनगाभा बहुउद्देश्यीय सहकारी संस्था तथा सुनगाभा शिक्षा निकेतन ईङलिश स्कूलको २० औं वार्षिक साधारणसभा आईतवार भएको छ । प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षतामा साधारणसभा भएको हो ।

साधारणसभामा संस्थाका अध्यक्ष न्यौपानेले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष रामहरि चौलागाईले आव. ०७९÷०८० को लागि २ करोड २४ लाखको आर्थिक प्रतिेवेदन र लेखा समिति संयोजक कुमारमणी दहालले लेखा समितिको प्रतिेवेदन पेश गरेका थिए ।

साधारणसभामा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, निवर्तमान वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, विद्यालयका संस्थापक अध्यक्ष बासुदेव अधिकारी,राष्ट्रिय सहकारी बैंक हेटौडा शाखा प्रमुख रामेश्वर अर्याल, बंशगोपाल माविका प्रअ रमेशप्रसाद लामिछाने,संस्थाका उपाध्यक्ष साधुराम चौलागाई, शिक्षाविद् बद्री बहादुर पाठक, संस्थाका सचिव नारायणप्रसाद अधिकारी, सञ्चालक सदस्य हिमाल पौडेल, सञ्चाकर्मी भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो ।

कक्षा १० सम्म पढाई हुने यस विद्याालमा करीव ७ सय विद्यार्थीहरु अध्ययनरत रहेको प्रिन्सिपल अरुण पराजुलीले बताए ।