हेटौंडा \ हेटौंडा-११ नवलपुरमा रहेको बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सेवा बढाउनको लागि सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

बुधबार एक कार्यक्रमको आयोजना गर्दै हेटौंडा ३ बसामाडीमा सेवा केन्द्र उद्घाटन गरी सेवा सुचारु गरिएको छ । वडा नम्बर ३ का वडा अध्यक्ष रामकुमार पुडासैनीको प्रमुख अतिथ्यता तथा संस्थाका अध्यक्ष आशाकुमारी अर्यालको अध्यक्षतामा सेवा केन्द्र उद्घाटन गरिएको थियो ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव विरेन्द्र प्रसाद ढुङ्गाना, संस्थाका लेखा समिति संयोजक सीता सापकोटा, कार्यकारी अधिकृत शर्मिला श्रेष्ठ, व्यवस्थापक उर्मिला ज्ञवाली लगायत बसामाडी क्षेत्रका शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।
मुख्य कार्यालय नवलपुरमा रहेता पनि शेयर सदस्यहरुको सेवालाई सहज बनाउन यसअघि हेटौंडा १० आखाँ अस्पतालरोडमा सेवा केन्द्र सञ्चालनमा ल्याइ सकेको छ ।

May be an image of 2 people, people standing, balloon and indoor

हेटौंडा उपमहानगर कार्य क्षेत्र रहेको सहकारीमा हाल सम्म शेयर सदस्य ३२६१ रहेका छन् । २१ करोड ८२ लाखको कारोबार गर्दै आइरहेको सहकारीमा पुस मसान्तसम्म २ करोड ३५ लाख १६ हजार ९ सय शेयरपुँजी रहेको छ भने १७ करोड ६८ लाख १७ हजार ९४७ ऋण लगानी गरेको संस्थाका कार्यकारी अधिकृत शर्मिला श्रेष्ठले बताइन् ।