धितोपत्र बजारमा आज उल्लेख्य सुधार आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२९ अंक अर्थात् १.२६ प्रतिशतले बढेर २६६४.०६ विन्दुमा पुगेर बन्द भएको छ।

परिसूचकसँगै आज कारोबार रकममा पनि राम्रो वृद्धि देखिएको छ। दिनभरिमा ३४८ कम्पनीका १ करोड ९३ लाख कित्ता सेयर ६३ हजार ७४४ पटक किनबेच हुँदा कुल ७ अर्ब ४५ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज बजारमा तीव्र खरिद चाप देखिँदा अधिकांश कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन्। कारोबारमा आएकामध्ये २४१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा ३५ वटा कम्पनीको मूल्य घटेको छ। ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

बेनी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । यसको सेयर मूल्य १५ प्रतिशतको छ। त्यस्तै बुटवल पावर कम्पनीको मूल्य १०.६० प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा आज लिबर्टी इनर्जी कम्पनी शीर्ष स्थानमा रह्यो । यो कम्पनीको ३२ करोड ५० लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो।